ख्रिस्टमस को कोसेली
# हिउदा को बेला , जाडोको को बेला
(जन्मे येशु गोठै मा ,)२
जन्मिने ठाउँ नि पाएन कठै
(पस्रिये डूडाई मा )२
ए हो सालैजो -पस्रिये डूडाई मा
(नाचौ न छाम छामी आज
येशु को यो जन्म दिनै मा। )४
१ -अन्धोले आखा , बिरामी चंगई
(हुने छ येशु मा )२
दुख र पिडा- अधर्मी पापी लाइ
(धुने छ येशु मा )२
ए हो सालैजो धुने छ येशु - हुने छ येशु मा
(हासेर रमाउदै मनाउ
उनै को यो जन्म दिनलाई )४
२-दुखि को पिडा ,गरिबको पिडा
(बुझ्ने छ उनैले )२
हामीलाई माया गरेर आशु
(पुछ्ने छ उनैले )२
ए हो सालैजो - पुछ्ने छ उनैले )
(आउनु दाजु आउनु है दाई
सफल पारौ यो बडा दिनलाई )४
इशक तामांग नुवाकोट
शिन्किल एबेन्ज़ेर मण्डली
No comments:
Post a Comment