हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


27 October 2014

(कलस्सी 2:7) उहाँमा जरा गाड्दै र बनिँदै जाओ अनि तिमीहरूलाई सिकाइएको विश्वासमा बलियो होओ।

(कलस्सी 2:7) उहाँमा जरा गाड्दै र बनिँदै जाओ अनि तिमीहरूलाई सिकाइएको विश्वासमा बलियो होओ।

ख्रिस्तियन भनेको सागरमाथ को चुचुरो मा पुगी ख्रिस्ट को झन्डा फर्फराउनु जस्तै हो। जब हामी हाम्रो पाइला सर्छौ सुरु मा त सबैलाई रमाइलो लग्छ नया साथी अनि नया  ठाउँ  यात्रा पनि रमाइलो  र अनन्दयिक अनुभब हुन्छा।  तर अलि माथि बढ्दै जान्छा अनि हिऊ पर्न थाल्छा पानी पर्न थाल्छा अनि विश्वास र पाइला कम्जोर हुदै जान्छा र बिचै मा फर्केर आउछ।  
कतिपय समय मा बिस्वाशी हरु पनि त्यस्तै हुन्छान। जब हामी हाम्रो पाइला सर्छौ सुरु मा त सबैलाई रमाइलो लग्छ नया साथी अनि नया  ठाउँ  मण्डली मा पनि रमाइलो  र अनन्दयिक अनुभब हुन्छा बिस्तारै दिन हरु बित्दै जान्छा , परमेश्वर प्रति को विश्वास हरु कम्जोर हुदै जान्छ, शरीर मा परिवार मा समस्या हरु थपिदै जान्छ र अन्त्य मा मण्डली नै आउन छोडी दिन्छा।त्यसकारण होशियार बस, तर मा एस्त व्यक्ति हरुलाइ  के भन्छु भने , बिस्वाशी भए पछि जस्तो सुकै आधी हुरी आए पनि विश्वास को जाग बलियो परि राख्यो भने तपाई सगरमाथा को शिखर मा चढी ख्रिस्ट को झन्डा फर्फराउना सक्छौ।येशू ख्रीष्ट उहाँले गर्नुभएका सबै कुराको निम्ति तिमीहरूको जीवन धन्यवादले पूर्ण होस्।आफ्‍‌नै शरीरलाई सास्ती दिने कुरामा जिद्दी गरेर, स्वर्गदूतलाई पुज्‍‌न लगाएर, आफ्‍‌नो दर्शनमा अडिएर, आफ्‍‌नो अभिलाषी मनले, कारणबिनाको घमण्डले फुलिएर कसैले तिमीहरूलाई इनाम गुमाउने नतुल्याओस्।होशियार बस, कसैले तिमीहरूलाई खोक्रो दर्शनशास्त्र र छलपूर्ण कुराद्वारा नबहकाओस्, जुन ख्रीष्टबाट होइन तर मानिसहरूको परम्परा र यो संसारको प्राथमिक सिद्धान्तहरूमा आधारित छन् ।अन्त्य मा  एफिसी 1:2 परमेश्वर हाम्रा पिता र प्रभु येशू ख्रीष्टबाट अनुग्रह र शान्ति।

इशक तामांग
नुवाकोट शिन्किल एबेन्ज़ेर मण्डली


No comments:

Post a Comment