हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


18 October 2014

साँच्चो सुसमाचार एउटै मात्र छ

साँच्चो सुसमाचार एउटै मात्र छ (गलाती -१ )

"Be careful of false prophets.
“झूटा अगमवक्ताहरूबाट होशियार बस।

वास्तवमा, कुनै अर्को सुसमाचार साँच्चो छैन। तर कति मानिसहरूले तिमीहरूलाई अल्मल्याइरहेका छन्। तिनीहरू ख्रीष्टको सुसमाचारलाई अर्को तिर बद्लन चाहन्छन्।गलाती१:७

तपाइलाई थाहा छ ? आजकल बजार मा समान किन्न जादा एउटा पसले ले यो कम्पनि को समान सस्तो र राम्रो हुन्छा भन्छ अनि अर्को पसल मा गयो भने अर्कोले तेस्तै भान्छ,आखिर मा  हामी उपभोक्ता लाइ कुन समान राम्रो र सस्तो अनि भरपर्दो हो छुटाउनै गाह्रो हुन्छ, त्यस्तै संसार मा आजकल भिभिन्न प्रकार क प्रचारक हरुले ख्रिस्ट को संदेश लाइ बिस्वासी हरु को माझ मा अलग अलग अनि भिन्न भिन्न किसिमले प्रचार गर्दै बिस्वासी को विश्वास को जगलाई हल्लाउने र भट्कॉने कम गर्दै आएको छ र एस्तो घटना हरु प्रसस्त मात्र मा बढ्दै गएको पनि छ।

(साचो सुसमाचार यो हो। परमेश्वर ले पापीलाई बचाउनु भयो। मानिस प्राकृतिक रुपमै पापी र परमेश्वर देखि टाढा र निराशमय अवस्था मा थियो। तर परमेश्वरले उहाको शक्ति बाट हाम्रो पाप को लागि येशु ख्रिस्ट यो संसार मा पठाउनु भयो।  अनि दुख कस्ठा सहेर कलवारिको डाडामा क्रुस मा हाम्रै पापको खातिर मर्नु भयो, र तेस्रो दिन मा मृत्यु बाट बौरिएर  भयो र हाम्रो पापलाई उठाएर हामीलाई स्वतन्त्र गराउनु भयो,हामीलाई स्वोर्ग मा स्थान बनाउनु क लागि पिता को दाहिने हात पट्टि विराजमान हुनु भयो. जसले उहा माथि विश्वास गर्छ त्यसले अनन्त जीवन पाउछ र पापको क्षमा र उद्दार अनि निराशमय जीवन मा  ज्योति पाउने छ। ) यूहन्ना 3:16हो, परमेश्वरले संसारलाई यति साह्रो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनु भयो। परमेश्वरले आफ्ना पुत्रलाई दिनु भयो त्यस द्वारा उहाँमाथि विश्वास गर्ने कोहीपनि नाश हुने छैन, तर अनन्त जीवन प्राप्त गर्नेछ।”

त्यसै कारण हामी ख्रिस्तियन अर्थात् बिस्वासी हरु ले कुन सुसमाचार लाइ राम्रो र कुन नराम्रो भनेर छुट्यौना नसकी प्राय बिस्वासी हरु विश्वास बाट पछि हटिरहेको र झुटा प्रचार को सिकार हुन पुगी सत्य अनि सहि सुसमाचार लाइ त्यागेर असत्य र झुटो सिक्षा को सिकार बन्दै गएको छ।  एसको मुख्य कारण बिस्वासी हरु सतर्क नभएर, अनि बाइबल अध्यन नगरेर, अनि विश्वास मा कजोर भएर यो समस्या हरु मा फस्दै गएको हामी सजिलै बुझ्न सकिन्छौ। अनि एस सन्दर्भ मा पवाल ले एस्तो लेखिएको छ हामीले यो अघि नै भनिसकेका छौं। र अहिले पनि भन्दैछु। तिमीहरूले साँच्चो सुसमाचारलाई स्वीकार गरिसककेका छौ। यसर्थ यदि कसैले तिमीहरूलाई मुक्तिको अर्कै उपाय बताँउछ भने त्यसको विरोध गर्नुपर्छ।”गलाती १:९

त्यसकारण तपाइले सुरु मा कुन सुसमाचार को मध्यम ले विश्वास गर्नु भएको छ र प्रभु मा अगाडी बढ्नु भएको छ त्यसै सुसमाचार मा जिउनु र बीच मा कसैले अर्कै सुसमाचार सुनाएर आउछ भने त्यसको घोरविरोध गर्नु पर्छ ,पवाल येसरी आफ्ना मण्डलीलाई सम्झौछा (”वास्तवमा, कुनै अर्को सुसमाचार साँच्चो छैन। तर कति मानिसहरूले तिमीहरूलाई अल्मल्याइरहेका छन्। तिनीहरू ख्रीष्टको सुसमाचारलाई अर्को तिर बद्लन चाहन्छन्।  हामीले तिमीहरूलाई साँच्चो सुसमाचर भनेका छौं। यसैले हामी त के, स्वर्गका स्वर्गदूतले पनि अर्कै सुसमाचार भन्छन् भने त्यसमा विश्वास गर्नु हुँदैन। “ गलाती १ :७-८) येह निर पावल परमेश्वर को सत्य  सुसमाचार को बचाऊ को लागि सक्दो प्रयाश गरिरहेको पाइन्छा। जुन बेला पवाल ले प्रचार गरेको सुसमाचार लगत्तै केहि झुटा शिक्षक हरु आएर उसको मण्डली मा रहेको बिस्वासी हरु लाइ भट्कयेको कारणले पवाल भान्छा हामी त के, स्वर्गका स्वर्गदूतले पनि अर्कै सुसमाचार भन्छन् भने त्यसमा विश्वास गर्नु हुँदैन। त्यसैले दाजु भाइ तथा दिदि बहिनि हरु  “झूटा अगमवक्ताहरूबाट होशियार बस। तिनीहरू भेंडा़.का भेषमा तिमीहरूकहाँ आउँछन्। तर वास्तावमा तिनीहरू खतरनाक ब्वाँसाहरू झैं हुन्छन्। तिनीहरूले गरेका कामहरूबाट तिनीहरूलाई चिन्न सकिन्छ। जसरी मानिसले काँडाका बोटबाट अंगूर अथवा काँडादार पोथ्राबाट नेभारा पाउन सकिंदैन। त्यसरी नै नराम्रो मानिसहरूबाट राम्रा कामहरू हुँदैनन्। त्यसरी नै, प्रत्येक असल रूखले राम्रो फल दिन्छ। अनि नराम्रो रूखले नराम्रै फल दिन्छ। 18 एउटा असल रूखले खराब फल फलाउँदैन अनि नराम्रो रूखले कहिल्यै असल फल फलाउँदैन।” 19 असल फल दिन नसक्ने प्रत्येक रूख काटेर ढालिन्छ र आगोमा फालिन्छ। यसकारण तिनीहरूका कर्मबाट तिमीहरूले झूटा अगमवक्ताहरूलाई चिन्नेछौ।मत्ती 7:15-20
 
 there is no any New Gospel. "Be careful of false prophets. They come to you looking gentle like sheep, but they are really dangerous like wolves. 16 You will know these people by what they do. Grapes don't come from thornbushes, and figs don't come from thorny weeds. 17 In the same way, every good tree produces good fruit, but a bad tree produces bad fruit. 18 A good tree cannot produce bad fruit, and a bad tree cannot produce good fruit. 19 Every tree that does not produce good fruit is cut down and thrown into the fire. 20 In the same way, you will know these false prophets by what they do.Matthew 7:15-20 (New Century Version)

अन्त्य मा  परमेश्वर पिता र हाम्रा प्रभु येशू ख्रीष्टले तिमीहरूलाई अनुग्रह र शान्ति दिउन। 4 परमेश्वर र हाम्रा पिताको इच्छा अनुसार यस वर्तमान दुष्ट संसारबाट हामीलाई छुटकारा दिनको लागि उनले आफैंलाई हाम्रा पापहरूका निम्ति बलि दिए। 5 उनको सदा सर्वदा महिमा होस्। आमिन।”

इशक तामांग नुवाकोट
शिन्किल एबेनेज़ेर मण्डली

No comments:

Post a Comment