हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


10 November 2014

हिब्रु १० : ४-५

हिब्रु १० : ४-५

शान्ति को नाउ मा धुप बत्ती बाल्छौ कति?
महंगी मा साँढे र बोकाहरु ढाल्छौ कति ?
होमबली र पापबली ले अचेल पउदैना उद्दार
पूरानै रितीतिथि मा हामी चल्छौ कति ?


हिब्रु २ अध्याय बाट केहि सिक्न सक्ने कुराहरु

हिब्रु २ अध्याय बाट केहि सिक्न सक्ने कुराहरु

पुरानो नियम मा परमेश्वर आफ्नो धार्मी जान हरुलाई सत्य के हो जान्न को लागि “ परमेश्वरले चिन्हहरू, अचम्मका कामहरू र विभिन्‍‌न आश्चर्यकर्महरूद्वारा अनि उहाँको आफ्‍‌नो इच्छाअनुसारका पवित्र आत्माका वरदानहरू दिएर यस कुराको गवाही पनि दिनुभयो। हिब्रु 2:4

येशु ख्रिस्ट पनि एक चोटी स्वोर्गदुत को मुनि कम गर्नु भएको थियो किनकि मानिस को  रुप मा जन्म लिनु भयो र मानिस ले जस्तै दुख कष्ट सहनु भयो।  र मानिस ले जस्तै खानु भयो ,मानिस ले जस्तै पिउनु भयो।  अनि हाम्रो पापको निम्ति कलवरी मा मर्नु भयो , तेस्रो दिन मा मृत्यु लाइ जितेर बौरी उठ्नु भयो र फेरी परमेश्वर  को अनुग्रह द्दोर हरेक कुरा को अधिकार दिनु भयो।  प्रमाण : तर हामी येशूलाई देख्तछौं, जसलाई केही बेरको निम्ति स्वर्गदूतहरूभन्दा केही कम दर्जाको तुल्याइयो र परमेश्वरको अनुग्रहद्वारा सबैको निम्ति उहाँले मृत्यु चाख्‍‌नुभएको होस् भनेर मृत्युको कष्टको कारण महिमा र आदरको मुकुट पहिराइयो। हिब्रु 2:9 त्यसैले हामी पनि एउटा असल र सहि बिस्वासी बन्नु छ भने हामी भन्दा सानो व्यक्ति को अधिन मा पनि बस्नु पर्छ।

खै के पो भन्नु र अब हामी मानिस लाइ आफ्नै दाजु भाई लाइ दाई भाई भनेर बोलाउन आउदैन र जान्दैन । आफु भन्दा  ठुलो लाइ नि नाम काटेर बोलाउछा  झन् सानो लाइ त के आदर गर्थ्यो र ? तर येशु ख्रिस्ट  ले संसार को हरेक मानिस लाइ भाइ-बहिनी भनेर बोलाउनु भयो। उहाँले यसो भन्‍‌नुहुन्छ, ‘‘मेरा भाइ-बहिनीहरूको  बीचमा तपाईंको नाउँ म घोषणा गर्नेछु, सभाको बीचमा म तपाईंको प्रशंसा गर्नेछु।’’हिब्रु 2:12

येशु ख्रिस्ट ले किन हामी परीक्षा मा अनि  दुख मा परेको मानिस लाइ सहयोग गर्नु हुन्छा ? किनकि उहाँ आफै पनि परीक्षित भई दु:ख भोग्‍‌नुभएकोले गर्दा परीक्षामा पर्नेहरूलाई सहायता गर्न उहाँ सक्षम हुनुहुन्छ। हिब्रु 2:18
हजुर को दिन सुभ बितोस. आमिन

इसहाक तामांग

शिन्किल एबेन्ज़ेर मण्डली

9 November 2014

एकान्त ले परमेश्वर संग को सम्बन्ध बढाऊ छ।

एकान्त ले परमेश्वर संग को सम्बन्ध बढाऊ छ।

मलाई त अचेल मान्छेको भिड भित्र स्वास फेर्ने गाह्रो लग्छ। जत पनि पापको बाटो, अनि कुबाटो को निशान मात्रै देख्छु। कहिले कहिँ लाग्छ म यो मानिस हरु देखि कहिँ टाढा जाउ र मात्र मेरो प्रभु येशु संग समय बिताउ।एकान्त ठाउँ मा चिसो हावा संगै परमेश्वर को बचन लाइ मनन गर्न पाए कति आनन्द हुने थिए होला।  सरर बहने हावाले को स्पर्शले पनि मनै शितल अनि शान्त परि प्रभु तिम्रो साथ मा छ भनेर भान्छ,  आजकल मान्छे को भिड भन्दा नि एकान्त प्यारो लग्छ।  कोलाहल भन्दा नि सुन्यता नै प्यारो लाग्छ। कुनै बेला एस्तो अनुभब हुन्छा म आकाश मा उड्न सक्ने भा उडेर सयौ कोस टाढा जन्थ्ये यो कोलाहल्तालाई छोडेर,  किनकि सुन्यता र एकान्त मै मेरो येशु लाइ पाउछु र भेट्छु। कतिपय समय एक्लै एकान्त ठाउमा कान मा हेडसेट लाएर आत्मिक गीत सुन्दै बस्दा मलाई स्वोर्ग मै पुगेको जस्तो लग्छ।  किनकि संगीत बटै मलाई परमेश्वर को उपस्थिति मा पुराउछा। मलाई लग्छ तपाइलाई पनि मलाई जस्तै हुन्छा  होला ? कि लाग्दैन ? तपाई को फोन मा त पुरै love songa अनि hindi song भरिएको होला।  but म इशक तामांग को यो सल्लाह सुझाब छ कि संसारिक संगीत ले एकछिन लाइ आनन्द दिन्छा भने आत्मिक गीत संगीत ले जीवन को अनन्त सम्म तपाइलाई आनन्द र रमाइलो दिने छ।

“हे परमप्रभु, मेरो वचनहरू सुन्नुहोस्  र बुझ्नुहोस् मैले के भन्न खोजिरहेको छु। हे मेरा राजा, हे मेरा परमेश्वर,    मेरो प्रार्थना सुनिदिनु होस्। हे परमप्रभु, प्रत्येक बिहान, म आफ्ना उपहारहरू तपाईंको समक्ष राख्दछु,   र तपाईंको सहयोग खोज्दछु। अनि प्रत्येक बिहान तपाईंले मेरो प्रार्थना सुन्नुहुन्छ। हे परमेश्वर, तपाईंको नजिक दुष्ट मानिसहरू भएको तपाईं मन पराउनु हुन्न।तिनीहरू तपाईंको आदर गर्दैनन्। मूर्खहरू तपाईंको नजिकै आउन सक्तैनन्। तपाईंले अधर्मी काम गर्नेहरूलाई घृणा गर्नुहुन्छ। जसले झूटो बोल्दछ त्यसलाई नष्ट गर्नुहुन्छ।    तपाईंले ती मानिसलरूलाई घृणा गर्नुहुन्छ जसले अन्य मानिसहरूलाई चोट पुर्याउने गुप्त योजनाहरू बनाउँ छन्। तर परमप्रभु, तपाईंको मन्दिर अघि म दण्डवत् गर्नेछु।” अमिन

भजनसंग्रह 5

इशक तामांग
नुवाकोट

केहि कुराहरु

केहि कुराहरु

गल्लि गल्लि डुल्न छोडे येशु भेटे पछि।
संसारलाई नै भुल्न छोडे येशु भेटे पछि।
जिन्दगि यो फुल जस्तै फुलेर झर्ने त हो
जता ततै फुल्न छोडे येशु भेटे पछि। \
इशक तामांग

मात्ति मर्कुस लुका झैँ बन्नु पर्छ अब
सोलोमन को बुद्धिलाई जान्नु पर्छ अब
योना जस्तो भाग्ने हैन,आज्ञा तोडेर
नोहा र मोसले झैँ आज्ञा मान्नु पर्छ अब
इशक तामांग

हाम्रो जीवन रुथ र एस्थर को जस्तै हुनु पर्छ अब  
परमेश्वरको अनुग्रह पाउन दाउद झैँ रुनु पर्छ अब
कयिन जस्तो नहोस कोहि,आफ्नै भाइको हत्यारा
हबिल जस्तो पवित्र आत्मा मा आकाश छुनु पर्छ अब
इशक तामांग

सुन्नेलाइ  आसिश अनि पढ्ने लाइ ज्ञान
बाइबल ले बनाउछा  मानिसलाइ सज्जन
बुद्दि को कुरा अर्तिको कुरा सिक्न पाउने
चाहिने बेला नया नया कुरा झिक्न पाउने
इशक तामांग

एस्तो राम्रो ज्ञानका कुरा कहाँ पाउछ किन्न
मानिसले धेरै ढिलो गरे एसको बारे चिन्ना  
नया जीवन नया बाटो नया आशा दिन्छा
बाइबल पढ्ने साबले पाप र दुष्ट चिन्छा
इशक तामांग

बाटो सत्य जीवन लाइ चाहिन्छा भने अब
खुशी र उमङ्ग लाइ चाहिन्छा भने अब
खोल्नुस बाइबल थाल्नुस पढ्न अजै बाट हजुर
येशु संगै नया बाटो थाल्नुस बढ्न अजै बाट हजुर
इशक तामांग


8 November 2014

परमेश्वर लाइ खोज्नु भनेको काठमाडौँ को बीच मा घन्टाघर खोज्नु जस्तै रहेछ। कसरि थाहा छ ?

दैनिक आत्मिक रोटी  (daily spiritual manna)

परमेश्वर लाइ खोज्नु भनेको काठमाडौँ को बीच मा घन्टाघर खोज्नु जस्तै रहेछ। कसरि थाहा छ ?

साथीहरु कुनै लेख को शिर्षक पढेर बाकी मूल भाग कहिले नछोड्नु होस्।

म पहिलो चोटी काठमाडौँ घुम्न आउदा मलाई केहि थाहा थिएन कहाँ जाने कहाँ जाने अनि के गर्ने कसलाई सोध्ने। जादै गर्दा बाटो मा एउटा मान्छे भेटियो। उसलाई सोधे दाजु घण्टा घर जाने बाटो कहाँ निर छ भनेर, उसले अलिकति भनिदिनु भयो।  मा अगाडी बढ्दै गए अनि बढ्दै गए,केहि पर पुगेर दुइटा बाटो आइपुग्यो। अब मलाई झन् फसाद मा पर्यो कुन बाटो जाने होला , एउटा बाटो फराकिलो थियो र अर्को बाटो साघुरो थियो। केहि छिन सोच्दै गर्दा अचानक एक जना मान्छे आयो र त्यसलाई सोधे,उसले भन्यो भाई यो सानो गल्लि बाट भित्र जानुस र तपाई ले खोजेको ठाउँ मा पुग्नु हुने छ।  अनि मा त्यहि गल्लि बाट भित्र छिरे र गल्लि को संघर्षमय बाटो पार गरे पछि अलि पर पुगेर एक जना मान्छे भेटियो अनि उसले मलाई सोध्यो काठमाडौँ घुम्न आउनु भएको हो ? अनि मैले हो भनेर जवाफ दियो।  त्यो व्यक्ति बाटो नचिनेको मान्छे लाइ बाटो देखाउने व्यक्ति रहेछ। मा खुशी लग्यो अनि त्यो दाइले मलाई घन्टाघर सम्म जाने बाटो देखाउनु भयो र मा संगै उहा पनि घुम्दै मेरो काठमाडौँ को घन्टाघर घुम्ने यात्रा पुरा भयो।  

यो कथा बाट मैले भन्न खोजेको चाही यो हो कि हामी नया नया ख्रिस्ट मा विश्वास गर्ने बिस्वासी हरु को जीवन यस्तै हुन्छा , परमेश्वर सम्म पुग्ने बाटो थाहा नहुदा हामी अन्योल मा पार्छौ र निराशा हुन्छौ,अनि अगाडी बढ्दै जादा बाटो मा एक जना मान्छे भेटिनु जुन सुसमाचार सुनाउने व्यक्ति हो, उसले परमेश्वर को बारेमा छोटकरी मा सुसमाचार भन्नु हुन्छा।  अनि त्यहि सुसमाचार को आधार मा हामी अगाडी बढ्दै जान्छौ। अनि बीच बाटो हाम्रो जीवन मा धेरै सातवट आउछ,दुख बिमारले सताउछा ,त्यतिखेर हामीलाई दुइओटा बाटो देखा पर्छ एउटा परमेश्वर को बाटो एउटा संसारिक सैतानिक बाटो, अनि हमि परमेश्वर लाइ पुकार्छौ त्यतिखेर एक जना मानिस आउनु को अर्थ स्वोर्गदुत आएर सानो र कठिन बाटो बाट हिडा भनेर हाम्रो हृदय मा भान्छ र हामी दुख सुखलाई झेल्दै तेही साघुरो बाटो बाट अगाडी बढ्छौ।  त्यतिकै मा अगाडी बढेर अलि पर पुगेर हामीलाई बाटो देखाउने मानिस को अर्थ हो येशु ख्रिस्ट।  हामी हरेक अवस्थालाई पर गरेर परमेश्वर को नजिक पुग्न लाग्दा अझै पनि हामी घन्टाघर अर्थत परमेश्वर को बारेमा थाहा नभएको बेला येशु ख्रिस्ट ले हामीलाई भान्छ “ बाटो सत्य र जीवन म नै हु “ त्यसैले उहाले नै हामीलाई घन्टाघर सम्म जाने बाटो मा सहयात्री बनेर हिड्नु हुने छ र जब सम्म घन्टाघर लाइ हामीले राम्रो र सहि तरिकाले जन्दैनाऊ तब सम्म उहाले हामीलाई पथप्रदर्शक बनेर हामीलाई परमेश्वर सम्म को बाटो पार गरिदिन्छा।
त्यसैले त भानिन्छा नि परमेश्वर लाइ खोज्नु काठमाडौँ को बीच मा घन्टाघर खोज्नु जस्तो हो। त्यसैले साथीहरु तपाई हरु पनि अझै सम्म घन्टाघर को खोजीमा हुनु हुन्छा भने आउनुस यो छोटो प्रार्थना मा सहभागी हौ.

“पिता , हामी अझै पनि सहि बाटो नपाएर अल्मल्यै रहेको छौ हामीलाई सहि बाटो देखाई हाम्रो पथप्रदर्शक बनिदिनु। किनकि हामी अझै पनि घन्टाघर को बारेमा जान्न चाहन्छौ  र बुझ्न चाहन्छौ।,तपाइको छोरा येशु ख्रिस्ट को सहायतले हामीलाई डोर्याउनु होस्। परमेश्वर र हाम्रा प्रभु येशूको ज्ञानद्वारा अनुग्रह र शान्ति हजुरहरूका निम्ति प्रशस्त हुँदै जाओस्। र मलाई नि प्रार्थना मा याद गरिदिनु होला।  आमेन

इसहाक तामांग (प्रतिज्ञा को पुत्र)
नुवाकोट शिन्किल एबेनेज़ेर मण्डली





3 November 2014

परमेश्वर संग लड़नुस



दैनिक आत्मिक रोटी (daily spiritual manna) हिब्रु 6: 1 -12 
४ -11-2014 monday
(प्रार्थना को जवाफ पाउन परमेश्वर संग निरन्तर लडिरहनु पर्छा। 
     “परमेश्वर संग लड़नुस, माग्नुस जब सम्म तपाइको प्रार्थना को जवाफ आउदैना।” “जब सम्म परमेश्वर संग आत्मिक प्रार्थना मा लड़दैना तब सम्म तपाइलाई परमेश्वर ले प्रार्थना को जवाफ दिदैना “ परमेश्वर संग लड्नु, दिन रात,साझ बिहान जुन सुकै समय होस्। लड्दै रहनुस पवित्र आत्मा मा लड्दै जानुस लड्दै जानुस, जब सम्म परमेश्वर ले तपाइको प्रार्थना को जवाफ दिदैन लड़नुस, परमेश्वर मलाई चाहिन्छा।मलाई चाहिन्छा। परमेश्वर जहिले दिनु हुन्छा दिनुस मलाई चाहिन्छा भने पछी चाहिन्छ भन्दै लड़नुस।जो व्यक्ति परमेश्वर संग प्रार्थना मा लड़छा त्यो व्यक्ति अबस्य जित्ने छ जुन व्यक्तिले परमेश्वर संग को युद्द लाइ बिचैमा छोड्छा त्यो व्यक्ति कहिले नि सफल हुदैन।कुनै बेला परमेश्वर को जवाफ ढिलो आउछ त्यस पछी मानिस परमेश्वर संग मग्न छोड्छ, लड्न छोड्छ बिचैमा लडाई रोकिन्छा त्यसैले हामी परमेश्वर र हामी बिचा को लडाई मा हार्छौ। र परमेश्वर को आसिश लाइ पाउदैनु। माग्नुस लड़नुस परमेश्वर संग जब सम्म सम्म तपाइको जित हुदैन, जब सम्म तपाइको प्रार्थना को जवाफ आउदैना।“परमेश्वर र हाम्रा प्रभु येशूको ज्ञानद्वारा अनुग्रह र शान्ति हजुरहरूका निम्ति प्रशस्त हुँदै जाओस्। र मलाई नि प्रार्थना मा याद गरिदिनु होला। आमेन 


इसहाक तामांग (प्रतिज्ञा को पुत्र) 
नुवाकोट शिन्किल एबेनेज़ेर मण्डली

तामाङहरुको जनसंख्या कहाँ कति

तामाङहरुको जनसंख्या कहाँ कति ?
(सरकारि तथ्याङ्क अनुसार)


देश/जिल्ला

कुल जनस‍ख्या

कुल तामाङ संख्या
तामाङ वक्ताको संख्या
क्र‌.सं
नेपाल
22,736,934
(100%)
1,282,304 (5.64%)
1,179,145 (5.19%)
१.
पूवांचल विकास क्षेत्र
5,286,890
23.25%
196,264
3.71%
164,527
3.11%
१.
ताप्लेजुङ
134,698
5,530
5,064
२.
संखुवासभा
159,203
      15,048
13,620
३.
सोलुखुम्बु
107,686
10,153
9,350
४.
पाँचथर
202,056
13,788
13,369
५.
इलाम
282,806
19,302
14,145
६.
धनकुटा
166,479
9,939
8,668
७.
तेह्रथुम
113,111
6,548
5,852
८.
भोजपुर
203,018
17,246
12,407
९.
ओखलढुङ्गा
156,702
14,371
13,311
१०.
खोटाङ
231,385
9,251
7,833
११.
उदयपुर
287,689
19,470
16,437
१२.
झापा
688,109
16,338
10,956
१३.
मोरङ
843,220
18,953
16,649
१४.
सुनसरी
625,633
13,452
10,593
१५.
सप्तरी
570,282
637
304
१६.
सिरहा
572,399
6,238
5,969
२.
मध्य. वि. क्षेत्र
7,988,612
35.13%
1,031,847 12.92%
969,240
12.13%
१७.
दोलखा
204,229
27,619
25,838
१८.
सिन्धुपाल्चोक
305,857
94,614
94,131
१९.
रसुवा
44,731
28,515
26,863
२०.
सिन्धुली
279,821
70,968
68,305
२१.
रामेछाप
212,408
43,669
41,921
२२.
काभ्रेपलाञ्चोक
385,672
130,261
128,931
२३.
ललितपुर
337,785
40,059
37,379
२४.
भक्तपुर
225,461
11,728
14,488
२५.
काठमाडौं
1081,845
92,378
83,613
२६.
नुवाकोट
288,478
111,112
106,084
२७.
धादिङ
338,658
72,746
65,609
२८.
मकवानपुर
392,604
185,874
177,625
२९.
धनुषा
671,364
8,699
7,258
३०.
मोहत्तरी
553,481
7,471
7,355
३१.
र्सलाही
635,701
24,430
27,440
३२.
रौतहट
545,132
6,536
5,956
३३.
बारा
559,135
19,405
17,861
३४.
पर्सा
497,219
8,716
7,836
३५.
चितवन
472,048
34,737
24,747
३.
पश्चिमाञ्चल विकास क्षेत्र
4,571,013
20.10%
40,261
0.88%
35,567
0.77%
३६.
मनाङ
9,587
343
706
३६.
मुस्ताङ
14,981
188
735
३८.
गोर्खा
288,134
9,184
10,412
३९.
लमजुङ
177,149
11,919
11,212
४०.
तनहुँ
315,237
3,216
2,187
४१.
स्याङजा
317,320
205
157
४२.
कास्की
380,527
7,983
5,330
४३.
म्याग्दी
114,447
96
60
४४.
पर्वत
157,826
159
108
४५.
बाग्लुङ
268,937
440
391
४६.
गुल्मी
296,654
34
24
४७.
पाल्पा
268,558
81
51
४८.
अर्धाखाँची
208,391
15
3
४९.
नवलपरासी
562,870
5,520
3,397
५०.
रुपन्देही
708,419
1,117
614
५१.
कपिलवस्तु
481,976
61
180
४.
मध्य प.विकास क्षेत्र
2,707,244
11.90%
4,603
0.17%
2,951
0.10%
५२.
डोल्पा
29,545
237
-
५३.
जुम्ला
89,427
471
25
५४.
कालिकोट
105,580
26
-
५५.
मुगु
43,937
991
610
५६.
हुम्ला
40,595
330
1,130
५७.
प्युठान
212,484
252
36
५८.
रोल्पा
210,004
29
29
५९.
रुकुम
188,438
18
2
६०.
सल्यान
213,500
42
0
६१.
सुर्खेत
288,527
168
70
६२.
दैलेख
225,201
243
114
६३.
जाजरकोट
134,868
15
4
६४.
दाङ
462,380
227
56
६५.
बाँके
385,840
552
328
६६.
बर्दिया
382,649
1,002
547
५.
सुदूरप. विकास क्षेत्र
2,183,175
9.60%
9,321
0.42%
6,860
0.31%
६७.
बाजुरा
108,781
23
18
६८.
बझाङ
167,026
84
45
६९.
दार्चुला
121,996
25
24
७०.
अछाम
231,285
23
12
७१.
डोटी
207,006
66
226
७२.
डडेलधुरा
126,162
30
17
७३.
बैतडी
234,418
32
3
७४.
कैलाली
616,697
1,382
1,037
७५.
कन्चनपुर
377,899
7,664
5,478