के मानिसहरू दोषी छन्?
दुष्टताको लागि केही हदसम्म मानिसहरू पनि दोषी
छन्। मानिसहरू कसरी दुष्ट काम गर्न पुग्छन् भन्ने विषयमा बाइबल यसो भन्छ: “हरेक
मानिस आफ्नै तृष्णाद्वारा खिचिएर लोभमा फस्छ र परीक्षामा पर्छ। जब तृष्णा गर्भवती
हुन्छ, तब त्यसले पापलाई जन्माउँछ; अनि पाप गरेपछि मृत्यु उत्पन्न हुन्छ।”
(याकूब
१:१४, १५) आफ्ना कुइच्छा पूरा गर्दा मानिसहरूले नराम्रो परिणाम भोग्छन्।
(रोमी ७:२१-२३) मानिसहरूले विध्वंसकारी काम गरेका छन् र यसले गर्दा धेरै मानिसले
दुःख पाएका छन्। इतिहास यस कुराको साक्षी छ। त्यसमाथि दुष्ट मानिसहरूले अरूलाई
पनि खराब काम गर्न उक्साउँछन्। फलस्वरूप दुष्टता बढ्दै जान्छ।—हितोपदेश
१:१०-१६.
No comments:
Post a Comment