हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


30 November 2014

घुम्दै फिर्दै आयो फेरी


घुम्दै फिर्दै आयो फेरी

को.
घुम्दै फिर्दै आयो फेरी यो खुशी को दिन २
नाचौ गाउँ हासौ रमाओ आउन एकै छिन २

१
बेथ्लेहेम सहर, गाई को गोठ मा
जन्मे आज येशु राजा।
हामी सबलाई उद्दार दिन
आउनु भो हाम्रो माझ २)

को.
येही सन्देस दिनलाई आएका हौ आज। २
हास्दै गाउदै रमाउदै बजाओ बाजा गाजा।२  

२
मानिस को चोला, लिएर उनि
धर्ति मा झरेको।
हाम्रै पाप को निम्ति, उनि
क्रुस मा मरेको। (२)

को.
घुम्दै फिर्दै आयो फेरी यो खुशी को दिन २
येही खुसि मा हास्दै गाउदै नाचौ एकै छिन २  

ख्रिस्टमस बिसेष गीत।
इशक तामांग को रचना मा

हल्का ख्रिस्टमस को हावाले छोए छ मलाई नि !

हल्का ख्रिस्टमस को हावाले छोए छ मलाई नि !

फाटे पनि ढाका टोपी लौ नया लाउनु पर्ला।
येशु जन्मे को खबर लिई अब, गाउनु पर्ला।

माथि डाडा मा केरल खेल्न बोलाको छ आज
आउनु तिमि समय मिले म नि, आउनु पर्ला।

पारी गाउँ को साइलो ले नि बोलको छ हाम्लाई
त्यो गाउँ मा नि ख्रिस्टको ज्योति, अब छाउनु पर्ला।

जति सुकै दुख बिमार ले सताएको ठाउँ ठाउँ मा
यो साल मा विश्वास को खेति अब लाउनु पर्ला।

हामी त तयार छौ है , कम्मर कसी बसेको छु।
हजुर पनि कष्ट गरि यसो आउनु पर्ला।

फाटे पनि ढाका टोपी लौ नया लाउनु पर्ला।
येशु जन्मे को खबर लिई अब, गाउनु पर्ला।

उही हजुर को सानो भाइ
इशक तामांग

29 November 2014

के थाहा ?

के थाहा ?

सत्य के हो , कस्तो हुन्छा तर्किने लाइ के थाहा ?
बिना गल्ति बेकम्मा भाइ झर्किने लाइ के थाहा ?

धेरै चोटी तिमीलाई लाइ सम्झा बुझाकै त हो नि
बिना कसुर बेकम्मा भाइ झर्किने लाइ के थाहा ?
फेरी मनलाई आध्यारोमै फर्किने लाइ के थाहा ?

यूहन्ना ३ को १६ लाइ दिन रात पढ्छौ तिमि
मात्ति ७ को १३ मा अड्किने लाइ के थाहा ?
सत्य के हो , कस्तो हुन्छा तर्किने लाइ के थाहा ?

१ कोरेन्थी १२ को ४ मा प्रस्ट संग लेखेको छ
कलस्सी २ को ८ मा पुगी अड्किने लाइ के थाहा ?
फेरी मनलाई आध्यारोमै फर्किने लाइ के थाहा ?

गलाती २ को २० लाइ सबले पढ्नु अनि जान्नु
कलस्सी २ को २० मा हृदय मर्किने लाइ के थाहा ?
सत्य के हो , कस्तो हुन्छा तर्किने लाइ के थाहा ?

इशक तामांग

नुवाकोट शिन्किल एबेनेज़ेर चर्च

27 November 2014

गाउँ गाउँ

गाउँ गाउँ पहाड मा माथि माथि लेक मा (२)
{ख्रिस्ट को संदेश सुनाउनु छ गाई चराउने भेगमा
ख्रिस्ट को संदेश सुनाउनु छ भेडी चर्ने भेगमा }२

भोगी छन् आमा बुवा ,प्यासी दाजु भाई (२)
परमेश्वर को वचन सुनाई पर्नु छ तृप्त सबलाई (२)
सिरी सिरी हावा चल्ने माथि माथि लेक मा (२)
{ख्रिस्ट को संदेश सुनाउनु छ गाई चराउने भेगमा
ख्रिस्ट को संदेश सुनाउनु छ भेडी चर्ने भेगमा }२

दोबाटो मा फस्ने हरु, पाप भित्र खस्नेलाइ (२)
मरेका छन् आत्माहरु , माथि माथि लेक मा (२)
{ख्रिस्ट को संदेश सुनाउनु छ गाई चराउने भेगमा
ख्रिस्ट को संदेश सुनाउनु छ भेडी चर्ने भेगमा }२

सब्द : इशक ,तामांग
लेखक : इशक
संगीत : इशक

25 November 2014

मलाई धेरै पहिले को एउटा कुरा याद आयो।

मलाई धेरै पहिले को एउटा कुरा याद आयो।

“तपाई जुन ठाउँ बाट लडेको छौ,परमेश्वर ले त्यहि ठाउँ बाट उठाउने छ” पास्टर : अनिश दोहा एजी

तपाइको व्यापार बाट, साथी भाइको मनमुटाव बाट,घरायसी मामला ले गर्दा,खेरि तपाई जुन ठाउँ  बाट लडेको छ, जुन ठाउँ बाट हरेको छ, त्यहि ठाउँ बाट परमेश्वर उठाउन चाहनु हुन्छ र जिताउन  चाहनु हुन्छा। तर हामी एक चोटी लडे पछी उठ्नलाई गाह्रो मान्छौ, र निराश हुन्छौ यो कुरा त ख्याल नै गरेको हुदैन कि परमेश्वर मेरो साथ मा हुनु हुन्छा। मात्र यो सोचेको हुन्छा कि मा लडे को छु मेरो कति धेरै नोक्सान भएको छ भनेर। एस्तो हुने मान्छे अहिले यो कुरा पढ्दा मुसुक्क हारिरहेको होला :) :)


हामी संसारिक मानिस संग को सम्बन्ध छुटिदा भोग भोकै बसेर रोएको नाटक गर्छा( यो चाही GF AND BF को बारेमा) तर तेही सम्बन्ध लाइ बनाउने परमेश्वर संग को सम्बन्ध छुटेको हामी वास्तै गर्दैनौ। बरु परमेश्वर को लागि दुइ तिन दिन उपवास बसेर रुदै प्रार्थना गरेको भए, तपाइको आत्मिक जीवन अनि सरिरिक जीवन अनि साथी भाई संग को सम्बन्ध कति राम्रो हुन्थ्यो होला?



संसारिक कथा कहानी देखि होसियार रहो।

संसारिक कथा कहानी देखि होसियार रहो। 

1 तिमोथी 4:7 मानिसहरू यस्ता मूर्ख कथाहरू सुनाउँछन् जसको परमेश्वरको सत्यतासित कुनै सम्बन्ध छैन। त्यस्ता कथाहरूका शिक्षा पालन नगर। तर तिमीले स्वयंम लाई इमान्दारीपूर्वक परमेश्वरको सेवा गर्न सिकाऊ। प्राय मानिस हरु परमेश्वर को वचन बोल्ने निहु मा आफ्नै काल्पनिक कथाहरु अनि नाटक हरु प्रस्तुत गरेको मैले भेटेको छु र देखेको छु, तर बाइबल ले यो कुरा भान्छा कि” त्यस्ता कथाहरूका शिक्षा पालन नगर। तर तिमीले स्वयंलाई इमान्दारीपूर्वक परमेश्वरको सेवा गर्न सिकाऊ।” हितोपदेश १० को १८ ले नि तेही भान्छ कि हितोपदेश 10:18 जसले आफूले फैलाउनु सक्ने कथाहरू मात्र खोज्छ त्यो मूर्ख हो। यस्ता कथाहरु मात्र बनावटी हुन्छन र देखावटी हुन्छन , एसको कुनै मतलब हुदैन , मात्र समय को बर्बाद अनि समय लाइ खेर फाल्नु मात्र हो।  अनि बाइबल को अर्को ठाउँ मा  यसरि लेखेको छ। तीतस 3:9 मूर्खतापूर्ण बहस गर्ने, वंशावली कथाहरू भन्ने, व्यवस्थाले सिकाउने कुराहरू बारे तर्क गर्नेहरूबाट अलग बस। यस्ता निरर्थक कुराहरूले कसैलाई लाभ गर्दैन। मुर्ख पुरण बहस गर्ने र पुराना  काल्पनिक वंशावली कथाहरू भन्ने मानिस देखि टाढै बस। यिनीहरु के हुन्छा त ? यो एउटा निरर्थक कुरा मात्र हुन् र कसैलाई लाभ गर्दैन।

संदेश ,
एउटा काल्पनिक कथा हरु जसले हामी ख्रिस्टियन हरुलाई लाभ गर्दैन तेस्तो कथाहरु सुनाएर आफु र अरुलाई मुर्ख नाबानाऊ, तर परमेश्वर को महिम को कुरा हरु बाट प्रचार गर।


 इसहाक तामांग
नुवाकोट शिन्किल एबेनेज़ेर मण्डली


23 November 2014

धन को घमण्ड नगर्नु

परमेश्वर ले तपाइलाई सुम्पिएको(दिएको) हरेक (अशिषक) कुराहरु मा घमण्ड नगर्नुस।

तलको बाइबल को पद हरु राम्रो संग मनन गर्नुस र त्यस पद ले भन्न खोजे को कुरा को लागि प्रार्थना गर्नुस।

व्यवस्था 8:17-18 यस्तो कहिलै नभन, ‘यी सब सम्पत्ति मैले आफ्नै शक्ति र योग्यताले पाएँ।’ परमप्रभु तिमीहरूका परमेश्वरको स्मरण गर। उहाँ नै एकजना हुनुहुन्छ जसले तिमीहरूलाई ती सब गर्न शक्ति दिनुहुन्छ। किन परमप्रभुले यसो गर्नुहुन्छ? किनभने आज उहाँले जे गरिरहनु भएको छ तिमीहरूका पिता-पुर्खाहरूसित गरिएको करार पनि यस्तै राख्नु चाहनुहुन्छ।

भजनसंग्रह 62:10 सामानहरूलाई खोस्नलाई आफ्नो शक्तिमाथि भरोसा नगर।\चोरेर तिमीहरूले फाइदा उनेछै भनेर नसोच। अनि जब तिमी धनाढ्‌य हुनेछौ,सहयोगको लागि धनीहरूमाथि आशा नगर।

व्यवस्था 8:11-14 “सावधान बस, परमप्रभु तिमीहरूका परमेश्वरलाई नबिर्स अनि आज मैले दिएको आज्ञा र विधि-विधानहरू खूबै होशियार भएर पालन गर।  तब तिमीहरूसित खानेकुराहरू प्रशस्त हुनेछन् तथा बस्ने राम्रा-राम्रा घरहरू तिमीहरूले बनाउनेछौ।  तिमीहरूसित गाई, भेंडा अनि बाख्राहरू धेरै बढेर जानेछन् र तिमीहरूसित प्रशस्त मात्रामा सुन-चाँदी हुनेछ। तिमीहरूलाई कुनै कुराको अभाव हुनेछैन। जब यी सब कुराहरू तिमीहरूसित हुनेछन् तिमीहरू सावधान बस जसले गर्दा तिमीहरूमा अहंकार उत्पन्न भयो तिमीहरू मिश्रदेशमा कमारा थियौ, परमप्रभुले त्यहाँबाट तिमीहरूलाई स्वतन्त्र गराएर ल्याउनु भयो, यसकारण परमप्रभु तिमीहरूको परमेश्वरलाई नबिर्स।

यर्मिया 9:23-24 परमप्रभु भन्नुहुन्छ,ज्ञानीले आफ्ना ज्ञान बारे शेखी गर्नु हुँदैन्। बलवानले आफ्ना शक्ति बारे घमण्ड गर्नु हुँदैन्।  धनीले आफ्ना धन बारे अहम् गर्नु हुँदैन्। तर यदि कसैले गर्व गर्छ भने, उसले यस विषयमा गर्व गरोस्।  म परमप्रभुलाई चिन्छु र जान्दछु र उहाँ नै परमप्रभु हुनुहुन्छ,जसले पृथ्वीमा न्याय, दया र र्धमिकताको व्यवहार गर्नुहुन्छ। किनभने म यी कुराहरूमा नै आनन्द लिन्छु।”

भजनसंग्रह 39:5-6 परमप्रभु! तपाईंले मलाई छोटो जीवन दिनुभयो।  तपाईंको तुलनामा मेरो जीवन अत्यन्तै छोटो छ। प्रत्येक मानिसको जीवन चाँडै विलिन हुँदछ, मानिस सदा सर्वदा बाँच्दैन! हाम्रो जीवन ऐनामा भएको एक बिम्ब मात्र हो। हामी ठेलाठेल गर्दै धन-सम्पत्तिहरू बटुल्न खोज्छौं,  तर हामी जान्दैनौं मरेपछि ती धन-सम्पत्तिहरू कसले पाउनेछ।

मर्कूस 8:36 किनभने मानिसले सारा संसार हात पारेर पनि आफ्नो आत्मा गुमायो भने त्यसलाई के फायदा भयो?

हितोपदेश 16:19 अहङ्कारी मानिससित लूटको धन बाँड्नु भन्दा नम्र भएर गरीब मानिससित नम्र झैं बस्नु असल हो।

ओबदिया 1:3-7 तिम्रो आफ्नो घमण्डले तिमीलाई धोका दिएकोछ।तिमी अग्लो पहडहरूको गुफामाहरू बस्नेछौ। तिम्रो घर पहाको अग्लाईमा छ तिमी आफ्नो मनमा भन्छौ कि ‘मलाई कसैले पनि तल जमीनमा खसाल्न सक्तैंन।’” परमेश्वर परमप्रभु भन्नुहुन्छ:“यद्यपि तिमीले चील जस्तै माथि उड्‌यौ,  अनि आफ्नो गुँड ताराहरूको बीचमा बनायौ भने पनि,  म तिमीलाई त्यहाँबाट तल ल्याउँनेछु। तिमी साँच्चै नै सर्वनाश हुनेछौ!    हेर यदि कुनै चोर तिमी कहाँ आए,जब राती डाकु आए,    तिनीहरू आफ्नो निम्ति यथेष्ट हुने मात्र लुटेर जानेछ।यदि तिम्रो दाखको बारीमा दाख चोर्न आए दाख टिपी सकेपछि उसले पनि आफ्नो पछाडी केही नकेही छोडेर जान्छ। तर हे एसाव! तिमीबाट तिम्रो सबै कुरो खोसिनेछ।  मानिसहरूले लुकाएको सबै भण्डार खोजेर निकाल्नेछन्,   अनि सबै भेट्उनेछन्।तिम्रा मित्र राष्ट्रहरूले तिमीलाई आक्रमण गर्छन्  र सिमानाबाट तिमीलाई तान्छन्।नीहरू तिम्रा मित्रहरू हुन् भनी मानिएका छन्।  तर तिनीहरूले तिमीलाई धोका दिन्छन्, र तिमीलाई पराजय गर्छन्। ती जसले तिम्रो रोटी तिमीसित मिलेर खान्छन् तिनीहरूले तिम्रो विरूद्ध पड्‌यन्त्र गरिरहेका छन्।र तिमीलाई त्यो थाहासम्म पनि हुँदैन।”
MESSEGE (संदेश)
When a man becomes rich, either God gains a partner or the man loses his soul.
जब मानिस धनि हुन्छा त्यस पछि बिस्तारै परमेश्वर को लाभ अनि आफ्नो इस्ट मित्र अनि आफ्नो आत्मालाई समेत गुमाउछ।

इशक तामांग

नुवाकोट शिन्किल एबेनेज़ेर मण्डली