हल्लेलुयाह जयमसिहा
आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !
आमेन
21 February 2015
Top 7 Bible Verses To Share With Unbelievers
१)
प्रत्येक कुराको लागि एउटा उचित समय छ र
यो पृथ्वीमा प्रत्येक कुराको सही समयमा हुन्छ। उपदेशक 3:1
२) ….. “तिमीले भन्यौ, ‘यदि
तपाईंले सक्नुहुन्छ भने?’ यदि कसैले विश्वास गर्यो भने
हरेककुरा सम्भव हुन्छ।” मर्कूस 9:23
३) हो, परमेश्वरले संसारलाई यति साह्रो प्रेम
गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनु भयो।
परमेश्वरले आफ्ना पुत्रलाई दिनु भयो त्यस द्वारा उहाँमाथि विश्वास गर्ने कोहीपनि
नाश हुने छैन, तर अनन्त जीवन प्राप्त गर्नेछ। यूहन्ना 3:16
४)
एक चोर चोर्न,
मार्न र ध्वंस गर्न मात्र आउँदछ। तर म जीवन-दान गर्न आएँ-त्यस्तो
जीवन जुन पूर्ण र असल छ। यूहन्ना 10:10
५)
तर परमेश्वरको प्रेमको कारणले हामी ती सबै कुराहरूमा पूर्ण
विजयी बन्छौं। रोमी 8:37
६) ख्रीष्टले हामीलाई स्वतंत्र बनाउनु भयो,साहसी होऊ। बद्ली भएर व्यवस्थाकै कमारा
नबन। गलाती 5:1
7 February 2015
प्रार्थना
प्रार्थना
1 यूहन्ना 5:14 अनि हामीमा भरोसा छ कि यदि कुनै वस्तुको लागि प्रार्थना गरे उनको इच्छा अनुसार उनले हामीलाई दिनेछन्।
जब मा एलिया अगमवक्ता को जीवनीलाई हेर्दा यो कुरा थाहा पाउछु
कि प्रार्थना नै सबै भन्दा ठुलो हतियार हो ! हो अब प्रार्थना हो प्रार्थना ले गर्छा:
के गर्छा त भन्दा आत्मिक रुपमा तन्दुरुस्त बनाउछा, सैतान संग जिताउछा, परमेश्वर
संग को सम्बन्ध नजिक बनाउछा, आत्मिक शक्ति दिन्छा, आत्मिक शक्तिले हामीलाई शान्ति दिन्छा,
ज्ञान र बुद्धि दिन्छा, नम्र बनाउछा,अनुशासित बनाउछा, आज्ञाकारी बनाउछा! हो अब यी
सबै कुरा हामी भित्र छ भने हामीलाई सबैले प्रेम गर्छा, सबै मिल्छा, सबै मिल्यो भने
के हुन्छा त ? हो अब मेलमिलाप हो एसले गर्छा के गर्छा त भन्दा पारिवारिक समस्या को
समधान गर्छा, गाउँ विकास गर्छा, देश विकास गर्छा, देस विकास भए पछी शान्ति आउछ ,
शान्तिले हामी सबैलाई सुखचैन मिल्छा, त्यसैले हेर्नुस त तपाइको सानो प्रार्थना ले
कति धेरै परिवर्तन हुदो रहेछा त ? प्रार्थना ले व्यक्ति परिवार्ताना हुन्छा, घर
परिवर्तन हुन्छा, मण्डली परिवर्तन हुन्छा,गाउँ परिवर्तन गर्छा, जिल्ला परिवर्तन
गर्छा, राष्ट्र परिवर्तन गर्छा! यी सबै भयो भने के हुन्छा त ? हामी आफैलाई फाइदा
हुने हो नि हैन ? कुरो !!
तपाइले सोचेको अनि खोजेको सबै कुरा हाम्रा परमेश्वरले पुरा गर्नु भएको होस् !
प्रार्थना मा सम्झिदिनु होला!
- नेपाली देश को लागि
- नेपाली ख्रिस्टियन युबाहरु को आत्मिक जागृतिको लागि
- गरिब अनि दुखि परिवार र अनाथ बालबालिका को लागि
- नेपाल को विकट गाउँ हरुको लागि
- नेपाली ख्रिस्टियन मण्डली हरु को लागि
- नेपाली राजनीतिक अवस्था को लागि
हामी आशा गर्छौ तपाई हाम्रो साथ मा हुनु हुन्छ! आमेन
इशक तामांग
नुवाकोट
3 February 2015
नेपाली बाइबल पद हरु !!
2 February 2015
तपाइले कहिले यो कुराको चासो गर्नु भएको छ ?
तपाइले कहिले यो कुराको
चासो गर्नु भएको छ ? येशु ख्रिस्ट किन संसार मा एदी धेरै वर्षा रहनु भयो ?
एदी येशु ख्रिस्ट को
योजना संसार मा आएर , हाम्रो दुख उठाएर, कलवरी मा प्रण दिएर अनि तेस्रो दिनमा बौरी
उठाउने हो भने उहाँ किन ३३ वर्षा सम्म
संसार मा बस्नु भयो ? एदी उहाँ को योजना यो हो भने सुक्रवार आएर, शनिबार मरेरा आइतवार बौरी उठेर ३ दिन मा सबै कार्य पुरा
गर्नु हुन्थ्योहोला तर उहाँ को योजना यो थियो कि हामी पनि उहाँ को जीवन शैली लाइ
हेरी उहाँ जस्तै पवित्र जीवन जिउन सकौ भनि ३ दिन को ठाउँ मा एउटा ३ थपेर ३३
वर्षा यो संसार मा रहनूभायो र हामीलाई कहिले नसकिने अनुग्रहले अभिषेक गरि
स्वोर्गरोहन हुनु भयो ,
30 January 2015
येशु तिम्रो अनुग्रह
येशु तिम्रो अनुग्रह जिउन सिकाई
दिउ२
फाटेको छ मुटु मेरो२ ,सिउन सिकाई देउ२
प्यासी छु म भोगी छु यो संसार को
खडेरी मा २
बाच्ने मर्ने ठेगान छैन पापै
पापको भुमरी मा २
येशु तिम्रो जीवन को जल पिउन सिकाई
देउ२
फाटेको छ मुटु मेरो ,सिउन सिकाई देउ२
दुनियाले त्यागे पछी, एक्लै
एक्लै डुल्दै छु म२
जाने कुनै बाटो छैन,गन्तब्य लाइ
भुल्दै छु म२
म दुखिलाई येशु तिम्ले मुक्ति दिलाई
देउ२
फाटेको छ मुटु मेरो ,सिउन सिकाई देउ २
येशु तिम्रो प्रेम भित्र जिउन
सिकाई दिउ२
फाटेको छ मुटु मेरो २ ,सिउन सिकाई देउ२
इशक तामांग
नुवाकोट शिन्किल एबेनेज़ेर मण्डली
21 January 2015
जब तपाइलाई
चिन्ता अनि फिक्रिले सताउन थाल्छ त्यति बेला यो ३ ओटा सब्दालाई याद गर्नु होस्
1.
परमेस्वर
2.
जीवित
3.
हुनुहुन्छ
बाइबल अध्यनमा
जीवन परिवर्तन गर्ने ४ ओटा उपाय।
1.
आफ्नो पढाई को
शीर्षक बदल्नुहोस्।
2.
यो एउटा फिल्मको
रुपमा येस्लाईकल्पना गर्नुहोस।
3.
तपाइको चरित्र
कुन हो निर्णय गर्नुहोस्।
4.
अर्को कदम को बारे मा प्रार्थना गर्नुहोस्।
एदी गरे भने मलाई आशा छ तपाइलाई बाइबल अध्यन गर्दा कुनै पट्यारलाग्दो विचार
हुने छैन तर अझै
धेरै जोस अनि जागर मिल्ने छ। आमेन
1.
जब म फिलीप्पी ४ को १८ लाइ पढ्छु, म तिम्रै
बारेमा सोच्छु; किनकि त्यहाँ लेखिएको छ फिलिप्पी 4:8 दाज्यू-भाइहरू र दिदी-बहिनीहरू हो, जुन-जुन
कुराहरू अति राम्रा र प्रशंसा गर्न लायकका छन् त्यसै बारे सोच। जुन-जुन कुराहरू
सत्य र माननीय पवित्र र उचित, सुन्दर र आर्कषणीय छन् तिनैको मात्र विचार
गर। आमेन
2.
“You’re like
manna from Heaven, fresh every day…” तपाइ स्वोर्गीय मान्न जस्तै छौ, सधै भरि ताजा,
किनकि मोसको मिश्रा यात्रा मा परमेस्वर ले
इस्राएलीहरुलाई सिनै पर्वत मा दिनुभाएको थियो
3. यदि म तपाइको वरिपरी ७ पल्ट घुमे भने तपाई त्यतिकै ढल्ने छौ,
यो जोक बाइबल को कथा " यहोशू र यरीहोको पर्खाल " बाट लिएको हो
4.
“Now I know why
Solomon had 700 wives… Because he never met you.”
4.अब मलाई थाहा भयो बाइबल मा सोलोमन राजा को
७०० पत्नी किन थियो भनेर, किनकि उसले तपाइलाई भेटेकै थिएन,
5.
I'm a
proverbs 32 kind of guy and you're a proverbs 31 kind of woman... म हितोपदेश ३२ को जस्तै पुरुष र तिमि
हितोपदेश ३१ को जस्तै महिला हौ किनकि हितोपदेश मा ३२ अध्याय नै छैन ह ह ह ह ह ह
6.
Is it a
sin that you stole my heart? यो एउटा पप हो कि तिमीले मेरो मन चोरेकी छ्यौ किनकि बाइबल ले भान्छ चोर्नु
सबै भन्दा ठुलो पप हो
7.
तपाइको नाम र नम्बर के हो , किनकि मा
तपाइलाई मेरो प्रार्थना को तालिका मा जोड्न चाहन्छु What's your name and number so I can add you to my
"prayer" list?
8.
सुनेको कुरा हो एउटा बिस्वासी केटाले
केटीलाई प्रेम प्रस्ताव राख्दा येसरी राखे छ “ प्रिय तिम्रो लागि त मा २ ओटा
गोलियाथ लाइ ढाल्न सक्छु “ राजा दाउद को कथा पढेको रहेछ केटाले
9. इस्राएलीहरूले जसरि आफ्नो परमेस्वर लाइ बिर्से तर मा तिमि लाइ बिर्सने छैन. "Unlike the Israelites, who forgot the Lord, I will never forget you."
10.
केटि साथीहरु तपाइलाई थाहा छ ? तपाइको आखा
ढुकुर को जस्तो र तपाइको घटी दाउद राजाको धरहरा जस्तै छ। (श्रेस्ठगित
पुस्ताका पढ्नुहोस)
11.
हव्वा एउटा स्याउ को कारण परिक्षित भयो भने
त्यसको तुलना मा तिमि मेरो परिक्षित फल हो .
1.
जीवन मा धेरै चाहना हरु छन् तर बाटो दुइटै
मात्र छ, तपाइको चाहना के हो ? Life has many choices. Eternity has two. What’s yours?
12.
हामी सन्देश लाइ परिवर्तन गर्दैनौ;तर सन्देश
हामीलाई परिवर्तन गर्दा छ
13.
जिन्दगीमा कहिले नि हर नखानु किनकि मोस को
जीवन पनि एउटा टोकरी बाट सुरु भएको छ
14.
येशु एउटा बेहेतार जीवन को लागि पास्वोर्ड हो
15.
व्यवस्था ले भान्छ”गर र बच्ने छौ “ तर
अनुग्रह ले भन्छ “ बाचा र गर्ने छौ “
बाइबल मा कति ओटा पुस्तक हरु छन् ?
पुरानो नियम (OLD TESTMENT )
कति ओटा सब्दहरु छन् OLD मा ? ३
कति ओटा सब्दहरुछन् TESTMENT मा ? ९
त्यहाँ ३९ पुस्तकहरु छन् पुरानो नियम मा
नया नियम (NEW TESTMENT )
कति ओटा सब्दहरु छन् NEW मा ? ३
कति ओटा सब्दहरुछन् TESTMENT मा ? ९
अब ३ र ९ लाई गुणन गर्नुहोस
जम्मा २७ ओटा पुस्ताक हरु छन्
कस्तो लग्यो यो मेरो ट्रिरिक (उपय) ह ह ह ह
बाइबल एस्तो ठाउँ हो जहाँ गूगल ले दिन नसक्ने
प्रश्न को उत्तर दिन्छा
एक रात एउटा घर मा ठुलो भिषण आगलागी भए छ, सबै
मानिस हरु भगम भाग भए तर एउटा सानो केटा घरको छात मा पुगे छ, यो देखेर उसको बुवाले
भान्छ “ छोरा छोरा माथि बाट हामफाल मा समात्छु “ तर त्यहाँ निर धुवा धुलो ले गर्दा
पुरै अध्यारो भएको थियो! र छोरा ले रुदै भन्यो “बुवा मैले त केहि देखेको छैन मलाई
डर लागिरहेको छ “ अनि बुवाले भन्यो “ छोरा तिमीले मलाई देख्न सक्दैनौ तर मा
तिमीलाई राम्रो संग देख्छु, माथि बाट हामफाल मा समात्ने छु “
त्यस्तै कहिले कहिँ हामी पनि कुनै समस्या मा
अनि दुख को आँधी बेहेरी मा पर्दा हाम्रो प्रभुले हामीले भन्छ छोरा छोरी हरु त्यहाँ
बाट निकाल ! तर हामीले परमेश्वरलाइ देख्दैनौ र उहाको बुलावट लाइ नकार्छौ र ठुलो
दूर्घटन मा पर्छौ!
17 January 2015
चिन्ता
चिन्ता
हर समय गर्नको लागि तिमी सित काम छ, त्यसलाई तिमी जति राम्रोसित गर्नसक्छौ गर। चिहानमा त कुनै कामै हुँदैन। त्यहाँ न त चिन्तानै हुन्छ न ज्ञान, न विवेक नै। अनि मृत्युको त्यस ठाँउमा। हामी सबै त जाँदैछौं।
साचै,
जिन्दगि को के भरोशा, बिहानी को मिर्मिरे संगै नया किरण लिएर उदाएको घाम पनि जब साझ परे पछी रातो अनि निराश भएर डुबेर जान्छ। ऋतु अनुसार ढकमक्क फुलेको फुल पनि जब आफ्नो ऋतु सकिन्छा सबै ओइलीएरा झर्छा , संसार मा कुनै पनि प्राणी अनि चिज को आफ्नो समय सके पछी एक दिन बिदाई गर्ने पर्छा। रोकेर रोकिदैन मृत्यु को आँधीलाई, अनि छेकेर छेकिदैना प्रभुको अनुग्रह अनि समय लाइ। हाम्रो जीवन एउटा किताब न हो, परमेश्वर ले जति सम्म लेखिएको छ तेती सम्म त चल्ने हो , त्यसैले माथि दिएको धार्मिक वचन अनुसार हामी सबैको निम्ति भिन्न भिन्न तरिकाले जीवन को किताब लेखिएको छ। कुनै पानामा दुखै दुख अनि कुनै पाना मा सुखै सुख, कुनै पानामा आशुले भिजिएको अनि कुनै पानामा खुशीको रंगहरु भरिएको, हाम्रो यो रंगीचंगी जिन्दगि मा बाचुन्जेल हामीले सक्ने कार्य गर्नु नै असल देखियो। मरे पछी “चिहानमा त कुनै कामै हुँदैन। त्यहाँ न त चिन्तानै हुन्छ न ज्ञान, न विवेक नै। अनि मृत्युको त्यस ठाँउमा। हामी सबै त जाँदैछौं।” त्यसैले 2 कोरिन्थी 5:4 जतिन्जेल हामी यस शरीरमा बस्छौं, हामी चिन्तारग्रस्त छौं, र गन्गनाउँछौं। मेरो भनाईको अर्थ यो होइन कि हामी यस घरलाई छोड्न चाहन्छौं तर हामी हाम्रो स्वर्गीय घरमा जान चाहन्छौं अनि जब यो शरीरको अन्त हुन्छ यो जीवनले ढाकिने छ।त्यसैकारण साथीहरु उपदेशक 9:10 हर समय गर्नको लागि तिमी सित काम छ, त्यसलाई तिमी जति राम्रोसित गर्नसक्छौ गर। चिहानमा त कुनै कामै हुँदैन। त्यहाँ न त चिन्तानै हुन्छ न ज्ञान, न विवेक नै। अनि मृत्युको त्यस ठाँउमा। हामी सबै त जाँदैछौं। बाचुन्जेल जीवित परमेश्वर को अज्ञ र अनुग्रह बाचौ बचौ !आमेन
शिन्किल एबेन्ज़ेर चर्च
नुवाकोट १ किम्तंग
Subscribe to:
Posts (Atom)



